नीरा हत्याकाण्डमा संलग्न विनोद पक्राउ

काठमाडाैं | बैशाख १७, २०८०

नीरा हत्याकाण्डमा संलग्न विनोद पक्राउ

काठमाडौं:   काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। 


नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो।


विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ। 


एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २ः४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्